एनआरएनए आईसीसी उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’

काठमाडौं । गैरआवासीय नेपाली महासंघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ चयन भएका छन् । एनआरएनएको हालै सम्पन्न एकता महाधिवेशनबाट श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

एक दशकभन्दा लामो समयदेखि प्रवासी नेपालीको हकहितका लागि काम गरिरहेका उनले संगठनको विभिन्न तहमा काम गर्दै आएका छन् ।

श्रेष्ठ सन् २०११ मा यूएईमा एनसीसी उपाध्यक्ष भएका थिए भने सन् २०१७ मा उनी आईसीसी सदस्य बनेका थिए । त्यसक्रममा श्रेष्ठले नीति निर्माण, संस्थागत समन्वय र रणनीतिक अभियानहरूमा सक्रिय भूमिका खेलेका थिए ।

सन् २०१९ मा मध्यपूर्व उपसंयोजक भएर उनले नेपाली समुदायको सुरक्षादेखि लिएर संगठन विस्तारको काम गरे । सन् २०२१ मा उनी मध्यपूर्व संयोजक भएका उनी सन् २०२३ मा एनआरएनको आईसीसी प्रथम सचिव भए । यसपटक श्रेष्ठ आईसीसीको उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।

‘एनआरएनए मेरो लागि कुनै पद होइन, यो त पीडा बोकेका लाखौं प्रवासी नेपालीको आवाज हो । म नेतृत्व गर्न होइन, सेवा गर्न आएको हुँ,’ निर्वाचित भएपछि श्रेष्ठले भने ।

प्रकाशित मिति: २०२५-०५-०५ , समय : १६:११:५२ , २ हप्ता अगाडि