
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् ।
उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत यूएईको शारजाहबाट काठमाडौं आएकी उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लास्टिकले र्याप गरेका तीनवटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।
प्रकाशित मिति: २०२५-०६-१८ , समय : १३:३४:३१ , ३ हप्ता अगाडि