कीर्ते काम गरेको आरोपमा धुनीबेसी नगरपालिकाका वडाध्यक्ष पक्राउ

धादिङ ।  उमेर नपुगेका नाबालकको नागरिकता बनाई जग्गा बिक्री गरेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान प्रहरीले काठमाडौंको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको खोजीको सूचीमा रहेका सुवेदी सात महिनाअघिदेखि फरार थिए । वडाअध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दाको फरार प्रतिवाद हुन् ।
सुवेदीले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको भनी जन्मदर्ता गरेर त्यही जन्मदर्ताको आधारमा नागरिकता बनाई जग्गा विक्रि गरेको आरोपमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भई प्रहरीको खोजी गरिरहेको थियो ।

सुवेदीलाई पक्राउ गरे लगत्तै धादिङ लगिएको छ । अध्यक्ष सुवेदी २०७४ मा नेकपा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवदी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुन् ।

प्रकाशित मिति: २०२५-०७-१२ , समय : १२:०३:१६ , ५ घन्टा अगाडि