राहदानी विभागको सफ्टवेयर निर्माता कम्पनीले पठायो विशेषज्ञ टोली

काठमाडौं । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि आइमिडिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । उक्त कम्पनीले राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दु:ख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्परता लिंदै सफ्टवेयर र प्रणालीको अनुगमन तथा निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी अइडिमियाले आफ्ना विशेषज्ञ पठाएको हो । टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने र यसलाई सुधार्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०२३-०१-०५ , समय : २०:४३:१९ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्