भारतीय मोटरसाइकलको ठक्करबाट सर्लाहीमा वृद्धको मृत्यु

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुरका ७५ वर्षीय पैदलयात्री नथुनी बैठा छन् ।

बुधबार साँझ ६ बजेतिर संग्रामपुरको भित्री सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०२३-०१-०५ , समय : २०:५४:१२ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्