प्रदेश १ पुनः नामाङ्कनको माग गर्ने पदम लिम्बुको मृत्युको जिम्मा सांसद, मुख्यमन्त्री र प्रद्यानमन्त्रीले लिनुपर्ने माग

इटहरी । प्रदेश न १ पुनः नामाङ्कन संघर्ष समितिले आन्दोलनको क्रममा घाइते भएका लाजेहागं लिम्बु उर्फ पदल लिम्बुको मृत्युको जिम्मा प्रदेश १ का ८२ जना सांसद सहित मुख्यमन्त्री र प्रद्यानमन्त्रीले लिनुपर्ने माग गरेको छ ।

चैत्र ५ गते कोशी प्रदेश नामाङ्कनको विरोधमा विराटनगरमा भएको प्रदर्शनीमा घाइते भएका लिम्बुको शुक्रबार विहान निधन भएपछि संघर्ष समितिले विज्ञप्ती निकाल्दै योद्धा लाजेहागं लिम्बुको हत्याको अनुसन्धान गर्न छानविन आयोग गठन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेको छ ।

प्रदेश नामाङ्कनको विरोधमा गम्भिर घाइते लिम्बुलाई सहिद घोषणा गर्न र कोशी प्रदेश खारेज गर्न उनिहरुको माग छ । किराँत याक्थुङ चुम्लुङ, आदीवासी जनजाति महासंघं, पहिचान सहितको पुन नामाङ्कन अभियान समिति,किराँत राई यायोक्खा र नेपाल शेपा संघले शुक्रबार सयुक्त विज्ञप्ती निकाल्दै कमाण्डर लाजेहाङ लिम्बुको हत्याको राजनितिक वदला लिने घोषणा गरेका छन् ।

बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट विस २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्मीएका लिम्बु मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आएका थिए ।

लिम्बु ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका लिम्बुवान आन्दोलनमा होमिएका
थिए । ‘हत्यारालाई कानुनी कठघरामा उभियाउने छौँ र शोकलाई शत्तिमा बदल्ने छौँ ’ आज जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०८:०२:०१ , २ वर्ष अगाडि