
काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । एउटै चुनाव चिह्नमा चुनाव लडेका माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकताको पहल भइरहेको छ ।
माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल संयोजक महराले बताए ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएका छन् ।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : २०:३९:१२ , ३ वर्ष अगाडि