अमेरिकाको कोलोराडोमा पसलमा बसिरहेका एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । आफ्नै पसलमा काम गरिरहेको अवस्थामा लुटेराले गोली हानेर भेषराज लामिछाने हत्या भएको हो ।

त्यहाँस्थित नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार बिहीबार बेलुका कोलोराडोको ह्वीट रिजस्थित लामिछानेको पसलमा चिसो पेय खरिद गर्ने बहानामा पसेको एक व्यक्तिले गोली प्रहार गरेको थियो । गोली हानेपछि लामिछानेकै गाडी लिएर भागेको थियो ।

गाडी लिएर भाग्ने क्रममा उक्त व्यक्तिलाई प्रहरीले इण्डियाना राज्यबाट पक्राउ गरेको जनाइएको छ । तनहुँको दमौलीका लामिछाने परिवारसहित श्रीमती, तीन छोरी र एक छोरासँगै अमेरिका बस्दै आएका थिए ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : २१:४१:१२ , २ वर्ष अगाडि