
काठमाडौं । बर्दिबासबाट पैदल यात्रा मार्फत काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले खुल्लामञ्च अगाडि खुल्ला आकाशमुनी सडकमै सोमबारको रात बिताएका छन् ।
सडकमै रात काटेका उनिहरु बिहानै उठेर नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न उनीहरू नारावाजी गर्दै त्यसतर्फ लागेका हुन् ।

यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू बालुवाटार तर्फ लागेको बताइएको छ ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको थियो । बिहानै पिडितहरु खुल्ला मञ्चमा प्रवेश गर्ने हुन कि भनेर काठमाडौ महानगर प्रहरी, नेपाल प्रहरी बाक्लो रुपमा परिचालित भएका थिए ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १४:२०:५६ , २ वर्ष अगाडि