
इटहरी । मंगलबार कोशी प्रदेश नाम खारेजीको माग राख्दै भएको आन्दोलनमा क्रममा प्रहरीसँगको झडपमा २५ भन्दाबढी आन्दोलनकारीहरु घाइते भएका छन् ।
प्रहरीले हानको रबरको गोली लागि मोरङका सुरज राईलाई लागेको छ । मोरङको ग्रामथान ६ निवासी २१ बर्षीय राईको दाहिने खुट्टामा रबरको गोली लागेको छ ।त्यसैगरी धरान १२ का ४१ बर्षीय अशोक राईको दाहिने औलामा चोट लाग्नुका साथै श्वास फेर्न कठिन भएको बताइएको छ ।

सुनसरी धरानकै २२ बर्ष उदय लिम्बूको दाहिने खुट्टामा चोट लागेको छ । इटहरी ५ का २६ बर्ष पदम केरुङको देब्रे हातको कुइना खुस्केको छ । धरान १६ का ५१ बर्षीय शिव आङदेम्बे टाउकोमा गम्भीर चोट लागेको छ । धरानकै ४८ बर्षीय ज्ञानप्रकाश राई, ४६ बर्षीय एक के दर्नाल र २५ बर्षीय विशाल राईको टाउकोमा चोट लागेको छ ।
इटहरी ५ का पद्मलाल लिम्बूको हातमा चोट लागेको छ । धरान ११ की आस्था राईलाई श्वास फेर्न समस्या भएको छ । इटहरी तरहराका रेशम राईको हातमा चोट लागेको छ । इटहरी ५ का रोयल राईको पनि हातमै चोट लागेको छ । इटहरी ८ का बिमल किराँतीको कुममा चोट लागेको छ ।
घाइते सबैको विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचार पछि धरान स्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न १७ राउण्ड हवाई फायर पनि गरेको थियो ।
चैत्र ५ गतेको विराटनगरको आन्दोलनमा घाइते भएका धरानका पदम लिम्बुको उपचारका क्रममा १० गते निधन भएपछि पहिचानवादीहरु थ्प आन्दोलित भएका हुन् । उनीहरुले लिम्बुलाई शहिद घोषणा गर्नु पर्ने, प्रदेशको नाम कोशीलाई तत्काल खारेज गरी पहिचान र ऐतिहासिकताका आधारमा राख्नु पर्ने लगायतका माग राखेका छन् । माग पुरा नहुन्जेलसम्म लिम्बुको शब नउठाउने र आन्दोलन नरोक्ने बताएका छन् ।
सरकारले आन्दोलनमा क्रममा निधन भएका परिवारलाई राहत दिने र निधनको बिषयमा छानविन गर्न समिति समेत बनाएको छ । साथै आन्दोलनरत पक्षसँग वार्ताका लागि समिति गठन गरी वार्ताका लागि आह्रवान पनि गरिसकेको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : ०८:२१:०२ , २ वर्ष अगाडि