
काठमाडौ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा नेकपा एसले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेता प्रकाश ज्वालाको नाम पठाएको छ ।
पहिलो चरणमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीबाट मन्त्री बन्ने एक जनाको नाम शीघ्र पठाउन अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेका थिए । लगत्तै अध्यक्ष नेपालले बुधबार नै पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठक राखेका थिए । बैठकले पहिला ज्वालाको नाम पठाउने सहमति गरेको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए ।

प्रधानमन्त्रीले नेकपा एसका ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।यस्तै, एसबाट उपाध्यक्ष बेदुराम भुसाल पनि मन्त्री हुने सूचीमा छन् । उनको नाम फाइनल भएपनि मन्त्रालय भने टुंगो लागिसकेको छैन ।
एसले ३ मन्त्रालय दाबी गरेको छ ।मन्त्रालयको सङ्ख्या कम र सत्ता गठबन्धनमा रहेका दल र आंकक्षीको संख्या बढी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : १६:०३:३८ , २ वर्ष अगाडि