
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
बारम्बार महानगरको फोहोरबारेको चर्चा चलिरहँदा पनि संघीय सरकारले चासो नदिएपछि मेयर साहको यस्तो भनाई आएको हो ।

शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : ०९:४३:१६ , २ वर्ष अगाडि