
काठमाडौं । साहित्यकार देवशंकर पौडेलको थातथलाका कथाहरू विमोचन गरिएको छ । शुक्रबार एक समारोहका बिच पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तकको लोकार्पण गरेका हुन ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता नेपालले राजनीतिक व्यक्तित्व समेत रहेका पौडेलका कथामा जनश्रुतिका महत्वपूर्ण अभिलेख भएको बताए ।
रामेछापका पूर्व सांसद तथा पूर्व मन्त्री समेत रहेका पौडेलबाट धेरै कुरा सिक्नुपर्ने भन्दै अध्यक्ष नेपालले श्रुतिपरम्पराको विशिष्ट अभिलेख थातथलाका कथाहरू भएको बताए । उनले यस्ता काममा अन्य व्यक्ति र पक्षहरूको समेत तदारुकता हुनुपर्नेमा जोड दिए ।

नेपाल एक्सप्लोर्स मिडिया प्रालिद्वारा प्रकाशित ३३७ पेजको उक्त पुस्तकमा एक सय ८ कथाहरु संग्रहीत छन् ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : १८:०२:४५ , २ वर्ष अगाडि