मोरङ र उदयपुर भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिवार बेलुका साढे ९ बजे मोरङको विराटनगर महानगरपालिका ४ आयल निगम स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश १–०२–०४० प ३२३२ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिदा घाईते भएका बर्जु गाउँपालिका ४ सुनसरीका ४५ बर्षीय शिव कुमार गुरुङको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित मदनभण्डारी राजमार्गमा काठमाण्डौबाट झापा तर्फ आउदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १४ का ४३ बर्षीय तारणी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०९ , समय : १५:०४:४३ , २ वर्ष अगाडि