साउदी अरबमा मोरङको मिक्लाजुङका पदमबहादुरको मृत्यु

उर्लाबारी । पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए । चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएको मृतकका दाजु श्यामबहादुर बुढाथोकीले बताए ।

बुढाथोकीको शबलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको श्यामले जानकारी दिए । पदमका २ छोरा र श्रीमती छन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०८:४१:२५ , २ वर्ष अगाडि