महावीर पुनको आन्दोलनमा रवि लामिछाने( फोटो फिचर)

काठमार्डौं । उप निर्वाचनमा निर्वाचित भएपछि रास्वपामा केन्द्रिय सभापति रवि लामिछाने पहिलो पटक सडक आन्दोलनमा सर्मथन र साथ जनाउन वैज्ञानिक महावीर पुनको आन्दोलनमा सहभागी हुन माइतीघरमण्डला पुगेका छन् ।

पुनले नेपालमा नयाँ नयाँ आविस्कार र रोजगार सृजना गर्ने क्षेत्रमा ७० बर्षको इतिहासमा हालसम्म भएका प्रधानमन्त्री तथा उनले नेतृत्व गरेको सरकारले एक रुपियाँ पनि बजेट विनियोजन नगरेको जनाउँदै सडकमै जनआन्दोलन थालेका छन् ।

सुक्रबारबाट उनि माइतीघरकै सडकमा दिनभर रातभर बसेर धर्ना कसिरहेका छन् । उनले आफ्नो माग पुरा नभएसम्म सडकबाट नर्फकने् बताएका छन् । उनको आन्दोलन र मागहरु सहि भएको जनाउँदै रवि लामिछाने पनि सरिक हुन शनिवार माइतीघरको सडकमा पुगेका हुन् ।

प्रकाशित मिति: २०२३-०४-२९ , समय : १८:५९:३८ , २ वर्ष अगाडि