मन्त्री गुरुङको प्रश्नः नेपालीलाई भुटानी बनाउँने कस्तो प्रवृति आयो ?

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुलुकको रुपान्तरण गर्ने हो भने पहिला आफै रुपान्तरण हुन आवश्यक भएको बताएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता निर्मल लामाको २३ औं स्मृति कार्यक्रममा उनले रुपान्तरण गर्ने क्रममा कसैको अनुहार हेर्न नहुने भन्दै कुनै दलको पछ्यौरा ओढेर कालो कर्तुत गर्छ भने त्यो पछयौरा उठाउनै पर्ने प्रष्ट पारे ।

उनले भने, नेपालीलाई पनि भुटानी बनाउने कस्तो प्रवृत्ति आयो भनेर कुरा पनि राखेको थियो । मुलुकको रुपान्तरण गर्ने हो भने हामी पहिला आफै रुपान्तरण हुन आवश्यक छ । भ्रष्ट प्रवृतिको अन्त्य हुनै पर्छ । जबसम्म भ्रष्टचारीको कुनै जात, धर्म वर्ण, लिङ्ग राजनीतिक पार्टी र राष्ट्रियता हुदैँन् भन्ने मान्यताका साथ भ्रष्टहरुलाई कारवाही गर्न सक्दैन् तबसम्म यस्तै हुन्छ । रुपान्तरण गरौं गर्ने क्रममा अनुहार हेर्नुहुदैँन् कुनै दलको पछेउरा ओठेर कालो कर्तुत गर्छ भने त्यो पछेउरा उठाउनै पर्छ । ’

मन्त्री गुरुङ्ले भ्रष्टाचारलाई जरैबाट उन्मुलन गरेमा मात्र यो देश बन्ने सत्यतर्फ सबैले मनन गर्नुपर्ने पनि बताए ।

 

प्रकाशित मिति: २०२३-०५-१० , समय : १५:३०:१५ , २ वर्ष अगाडि