
काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालत लगेको छ ।
बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : १५:४७:५५ , २ वर्ष अगाडि