कृषिमन्त्री भुसाल र अमेरिकी राजदूत थोम्सनबीच शिष्टाचार भेटघाट

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि अमेरिकी राजदूत डिआर थोम्सनबीच शिष्टाचार भेटघाट भएको छ ।

मंगलबार मन्त्री भुसालसंग राजदूत थोम्सनले मन्त्रालयमै शिष्टचार भेटघाट गर्नुभएको हो ।
भेटघाटको क्रममा मन्त्री भुसालले नेपाल र अमेरिकाबीच सन् १९४८ मा स्थापना भएको कूटनितिक सम्बन्ध अहिले ७५ औं वर्षमा प्रवेश गरेको स्मरण गर्दै दुवै राष्ट्रका नेताबीचको उच्चस्तरीय भ्रमणले दुवै मुलुकबीचको सम्बन्ध नवीकरण र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएको स्मरण गराए ।

विश्व मञ्चमा शान्ति, सहअस्तित्व तथा अन्तर्राष्ट्रिय विकासका विषयवस्तुमा दुवै राष्ट्रको समान विचार एंव धारणा रहिआएको भन्दै भेटघाटको क्रममा मन्त्री भुसालले कूटनीतिक सम्बन्ध स्थापनाको पौने शताब्दीको यस अवधिमा अमेरिकासँग नेपालको सम्बन्ध सुमधुर रहेकोमा जोड दिए ।

साथै मन्त्री भुसालले विसं २०७२ को महाभुकम्पका बेला अमेरिकाद्धारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण रहेको समेत मन्त्री भुसालले राजदूत थम्सनलाई स्मरण गराएका थिए ।

नेपालको कृषि क्षेत्रमा युसएआइडीको सहायतामा किसान टु, नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्ट लगायतका आयोजनाहरु सन्चालनमा रहेको र उक्त आयोजनाहरुको निरन्तरताको लागि थप १२ मिलियन अमेरिरकी डलर सहायता प्राप्त भएको चर्चा गरे । साथै कृषि क्षेत्रमा थप नयाँ परियोजनाहरु सञ्चालनका लागि तयारीको चरणमा रहेको समेत उनले जानकारी दिए।

भेटमा राजदूत थोम्सनले नेपाललाई दिदैं आएको मसिना धानको खेती विस्तारका लागि पूर्वी नेपालमा थप लगानी गर्न आफ्नो देश इ्रच्छुक रहेको बताए । कृषि क्षेत्रको उत्पादन बढाउनका लागि रु दुई अर्ब ५० करोड बराबरको सहयोग गर्न आफूहरु तयार रहेको राजदूत थम्सनले अवगत गराए ।

विगतमा कोभिड १९ को कारण पीस कोर्प स्वंयसेवक कार्यक्रम बन्द रहेको र आगामी जुन महिना देखि सुरु गर्ने तयारी रहेको उनको भनाई छ । साथै उनले नेपालको आर्थिक वृद्धिदर बढाउन र कृषि क्षेत्रको व्यापार घाटा कम गर्न कृषि र पशुपालन क्षेत्रका थप कार्यक्रम ल्याउन आफूहरु तयार रहेको समेत उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १७:०७:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्