
म्याग्दी । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । थापालाई उनको निवासबाट जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बिहान पक्राउ गरेको हो ।
थापा सहकारीको पूर्व सञ्चालक समितिको उपाध्यक्ष समेत थिए । सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान सुरु गरिएको छ ।

प्रमुख थापा सहित अन्य सहकारीका व्यक्तिहरू माथि पनि उजुरी परेको प्रहरी जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना भएको उल्लेख छ ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : १५:२२:५७ , ४ महिना अगाडि