नेपाली विद्यार्थी मृत्यु प्रकरणस् केआईआईटी कलेजका कर्मचारीहरू निलम्बित

काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

बुधबार कलेजले एक विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको जनाएको छ ।

यस्तै, कलेज प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागिपरिएको उल्लेख गरेको छ ।

आइतबार केआईआईटीमा स्नातक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१८ , समय : २०:१०:५० , ३ महिना अगाडि