
हिले । बँदेल र बङ्गुरलाई क्रस गराई नयाँ जातको विकासको लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन नीति, २०७८ को दफा १०।७।४ अनुसार, नस्ल सुधारको लागी स्थानीय तथा जङ्गली जात बिच क्रस गराउने अनुमति दिइएको छ । जहाँ बँदेल र बङ्गुर बिच क्रस गराउन पाइने उल्लेख छ । तर, नीति जारी भएको तिन वर्ष बित्न लाग्दा समेत कार्यविधि नबन्दा अनुसन्धान कार्य नै अघि बढ्न सकेको छैन ।

बङ्गुर अध्ययन तथा अनुसन्धानको जिम्मा पाएको देशको एक मात्र राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, पाख्रीबास धनकुटाले कार्यविधि नबन्दा अनुसन्धानको काम अघि बढाउन नसकिएको जनाएको छ । केन्द्रका प्रमुख डा। मनोज कुमार शाहका अनुसार, केन्द्र यो अनुसन्धानको लागी तयार रहे पनि कसरी गर्ने बँदेल कहाँ वाट ल्याउने भन्ने कार्यविधि नहुँदा समस्या रहेको छ । “हामी प्राविधिक पूर्वाधार सम्पूर्ण रूपले तयार छौ, यो अनुसन्धान गर्न सके देशले एउटा नयाँ जात पाउने थियो कृषक थप ब्यबसायिक बन्ने थिए तर अहिले सम्म काम अगाडी बढाउन पाएको छैनौ” शाह भन्छन ।
बँदेल र बङ्गुर क्रस गराउँदा छिटो वृद्धि हुने जात विकास, मासु उत्पादनमा वृद्धि, रोग प्रतिरोधी क्षमता बढ्ने, आयातमा निर्भरता घटाउने, कृषकको आम्दानी वृद्धि गर्ने एक नयाँ उन्नत जात उत्पादन हुनेछ । जसले नेपालका कृषकलाई प्रत्यक्ष लाभ पुर्याउने छ । नेपालमै विकास भएको नयाँ जातले मासु उत्पादनमा आत्मनिर्भरता ल्याउन मद्दत गर्ने जनाइएको छ । नेपालको मासु उत्पादन र व्यावसायिक बङ्गुर पालनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने जानकारहरूको भनाई छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२५-०२-१९ , समय : १०:५५:१७ , ३ महिना अगाडि