प्रकृति लम्सालको राति नै गरियो अन्तिम संस्कार

रुपन्देही । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ ।

हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानिय स्वर्गद्वारीघाटमा दाहसस्कार गरिएको हो ।

लम्सालको शवलाई केहि समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृह (मर्चरी)मा राखिएको थियो । लम्सालका बुवा सुनिल आएपछि अस्पतालबाट घर ल्याएर केहि समय राखिएको थियो ।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो । लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : ०७:२५:३६ , ३ महिना अगाडि