
ताप्लेजुङ । ताप्लेजुङको पूर्वी क्षेत्रको याङ्पाङ–मामाङ्खे सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ हुँदै कञ्चनजङ्घा आधार शिविर जोड्ने सडकको याङ्पाङ–मामाङ्खे खण्डमा धमाधम कालोपत्रे गर्न सुरु भएको हो ।
सिरिजङ्घा गाउँपालिका–५ पेदाङको याङ्पाङ र वडा ६ मामाङ्खे खण्डमा सडक कालोपत्रे गर्न थालिएको हो । निर्माण कम्पनी रौताहा÷सेवालुङ जेभीका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूका अनुसार हिजोआज कालोपत्रेको काम भइरहेको छ । रौताहा÷सेवालुङ जेभीले उक्त सडकको ७।५ किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा लिएर अहिले धमाधम काम गरिरहेको लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०२-२५ , समय : १६:५६:५० , ३ महिना अगाडि