इटहरीको सेन्ट्रल प्लाजामा आगलागी

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको प्लाजामा बुधबार बिहानदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

प्लाजामा रहेको होटलको बरण्डामा आगलागी भएको हो । सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा आगलागी नियन्त्रणको प्रयास भइरहेको देखिन्छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । प्लाजाको पाँचौं तल्लामा भएको आगलागीमा केही मानिस फसेको र उद्धार कार्य भइरहेको जनाइएको छ ।

आगलागीको कारणबारे खुलेको छैन । यसबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित मिति: २०२५-०३-२६ , समय : ११:०१:३९ , २ महिना अगाडि