
काठमाडौं । ७२ वर्षीया दरपीदेवी कोइरीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एक जना महिलालाई पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । चन्दादेवी कोइरीकी बुहारी हुन् । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई बिहान पक्राउ गरेको हो ।

पक्राउ परेकी महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०१-०४ , समय : २१:३३:१० , २ वर्ष अगाडि