
झापा । एमाले झापा जिल्लाका नेता तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँ पालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय सम्सदका लागि स्वतन्त्र उम्मेद्बारी दिएका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘आज मिती २०७९ चैत्र ११ गते देखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।’
उनले झापामा एमालेले राप्रपासँग तालमेल गरेको बिसयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए । गिरी झापामा शसक्त युवा राजनितिकर्मी हुन् । उनको पार्टी प्रवेशले नयाँ तरङ्ग पैदा गराएको छ ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : १८:४२:४९ , २ वर्ष अगाडि