
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको छ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायमै राखेको बताए । सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको उनले बताए ।
‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’ खतिवडाले भने । प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए ।

केन्द्रीय कार्यालयमा बसेको ५५ औं सचिवालय बैठकमा अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएका कुराकानीबारे ब्रिफिङ गरिएको थियो।
बैठकमा उपप्रधानमन्त्रीसहित कम्तीमा ३ मन्त्रालयमा दाबी गर्नेबारे छलफल भएको थियो। बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ। मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि एकीकृत समाजवादीको माग छ।
यस्तै बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजिनामा सचिवालयको बैठकले स्वीकृत गरेको छ ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १४:४८:५९ , २ वर्ष अगाडि