अरुलाई पालो कहिले ? (भिडियो)

लोकतान्त्रिक व्यवस्थामा एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदैन, अरुले पालो पाउँछन् । नयाँ नयाँ भिजन भएका नेता आएर देश विकास गर्छन् भन्ने हामीले सुनेका, पढेका, देखेका छौं । तर नेपालको हकमा धेरै नेपालीको जस्तै तपाईंको मनमा पनि एउटा कुरा लामो समयदेखि घुमिरहेको होला । राजतन्त्र त बिदा भएर इतिहास भइसकेको छ तर तीन ठूला दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड चाहिं नयाँ राजा बनेर बसिरहने हो ? भन्ने ।

दशकौंदेखि नेपालको राजनीतिमा उनीहरुकै प्रभाव छ । गणतन्त्र स्थापनापछि एक-दुईलाई छाड्ने हो भने घुमी घुमी यी तीन नेता मात्रै सत्तामा पुगिरहेका छन् । देशमा बारम्बार अस्थिरता, गठबन्धनको खेल र जनताको असन्तुष्टि बढिरहँदा यो प्रश्न झन् सान्दर्भिक बनेको छ । उनीहरुले अब सक्रिय राजनीतिबाट बिदा लिने बेला भएन ? नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन केले रोकिराखेको छ ? 

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०४-१६ , समय : १७:०३:४१ , १ महिना अगाडि