नेपाली राजनीतिमा झोलेवाद ! (भिडियो)

सामान्य भाषामा झोले भनेको झोला बोकेर हिंड्ने व्यक्ति भनेर बुझिन्छ । तर नेपाली राजनीतिमा भने यसको सिधा अर्थ हुँदैन । झोले भनेको नेताको अन्धभक्त भएर हिंड्ने व्यक्ति हो । अहिले नेपाली राजनीतिमा झोले प्रवृत्ति व्याप्त छ ।

हुँदाहुँदा राजावादीहरुलाई रैती भनिरहेको गणतन्त्रवादी दल एमालेले आफूलाई झोले हुनुमा गर्व गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मालगायत एमालेका नेताहरुले ‘म झोले हुँ’ भन्दै आफ्नो फोटो अंकित पोस्टर सोसल मिडियामा भटाभट पोस्ट गरेपछि झोले शब्द थप चर्चामा छ ।

के झोले हुनुमा राजनीतिक दलका कार्यकर्ताले गर्व गरेका हुन् ? नेपाली राजनीतिमा किन बढ्दो छ झोले प्रवृत्ति ?

थप भिडियोमा

प्रकाशित मिति: २०२५-०६-०८ , समय : १७:४१:५१ , ३ महिना अगाडि