रवि, बालेन र हर्क मिले के हुन्छ ?

देशमा व्यवस्था हैन, अवस्था परिवर्तन गर्ने भनेर गत स्थानीय तथा आम निर्वाचनबाट नेपाली राजनीतिमा उदाए रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङ । त्यसयताको करिब तीन वर्षको अवधिमा नेपालको राजनीतिमा थुप्रै उतारचढाव भए । दुईपटक गृहमन्त्री बनेका रवि अहिले सहकारी अपचलनको मुद्दाको पुर्पक्षका लागि कारागारमा छन् ।

बालेन आफ्नो कामका कारण प्रशंसित छन् तर यदाकदा आफ्नो पोस्टका कारण सोसल मिडियामा आलोचित पनि हुन्छन् । हर्क साम्पाङको कामको प्रशंसा त भइरहेकै छ । उनी पनि सोसल मिडियामा तीखो र ठाडो शैलीका आलोचित भइरहेका हुन्छन् ।

तर पनि आम नागरिकमा उनीहरुप्रतिको आकर्षणमा भने उतिसारो कमी आएको छैन । अब धेरैले भन्ने गरेका छन्- आगामी २०८४ सालको निर्वाचनमा उनीहरु एकसाथ मिलेर आए के हुन्छ ?

विस्तृत भिडियोमा

प्रकाशित मिति: २०२५-०६-०२ , समय : १२:०३:३५ , ३ महिना अगाडि