
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाईने भएको छ ।
खिजिदेम्बा गाउँपालिकामा जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेको छ । गाउँपालिकाको वडा नं। १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण गरिएको हो ।

साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दुत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउण्टेन गाईड एसोसिएसनका आठ जना गाईडहरुले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरनु भएको छ ।
एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईडहरु मार्फत करिब ५५ मिटर लामो चार वटा मल्टी पिक र आठ वटा नर्मल पिक रुट निर्माण भईरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । अहिले रक गाईड तथा प्राविधिकहरु मार्फत रुट निर्माण र सरसफाईको काम अन्तिम चरण पुगेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०२-०३ , समय : १८:१६:०३ , ४ महिना अगाडि